काठमाडौं– अछाम कालेकाँडा गाउँपालिका वडा नम्बर ९ स्थित् भानाकोट बल्दे घर भएकी १८ वर्षीया उर्मिला टमटा (टंकी) को रहस्यमय निधन भएको भन्दै उनका आफन्तले दोषिको पहिचान गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
मृतकका दाजुहरु लक्ष्मण टमटा र मदन टमटाले आफ्नी बहिनीको हत्या गरिएको भन्दै हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माँग गरेका छन् ।
हालै सम्पन्न एसइईको परीक्षा दिएर बिदामा बसेकी उर्मीलाको हत्या अछामको कालेकाँडा गाउँपालिकामा भएको हो । मृतक उर्मिलाको शव उक्त गाउँपालिका वडा नम्बर ९ बल्देस्थित तिलक बटालाको घरमा मंगलबार बिहान फेला परेको दाजु लक्ष्मण टमटाले पत्रकार सम्मेलनमा जानकारी दिए । मृत्तक उर्मिलाका दाजुहरुले आफ्नी बहिनीको हत्या बटालाले नै गरेको आरोप लगाउँदै अनुशन्धान गरि कडा कारबाही गर्न माँग गरे ।
कालेकाँडा गाउँपालिका वडानम्बर ९ मा आफ्नो ठूलो बुवाकोमा बस्दै आएकी उर्मिलाले कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ स्थित् कोटवाडा परिक्षा केन्द्रबाट परिक्षा दिएकी थिइन् ।
मृतकका दाजु लक्ष्मण टमटाले पीडकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनले भने, ‘विगत डेढ वर्षदेखी तीलक बटाला र हाम्री बहिनीबीच प्रेम सम्बन्ध रहेको कुरा हामीलाई हल्का जानकारी छ, त्यो भन्दा बढि केही कुरा थाहा छैन्, आज एक्कासी बहिनी लास बनेको खबर सुन्दा हामी विछिप्त भएका छौँ, सरकारले हामीलाई न्याय दिनुपर्छ।’






