कोलोराडोमा एक प्रहरीको मृत्यु, चार जना घाइते

कोलोराडो। अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीलाई लक्षित गर्दै गरिएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ ।

गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो ।

घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । प्रहरीलाई लक्षित गरी अपार्टमेन्टमा बस्ने आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।