लण्डन । एसेक्सको वेल्थम अबेमा भएको भयानक दुर्घटनामा परी तीन जनाको मउत्ष्ु भएको छ भने एक जना घाइते भएका छन् ।
लरी, मिनीबस र एउटा कार एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । विहान ६ः१५ बजे भएको उक्त दुर्घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उक्त घट्ना पछि चार स्थानीय क्षेत्रबाट नौ एम्बुलेन्स, दुई एयर एम्बुलेन्स र प्रहरी सवारी साधन, फायर इन्जिन उपस्थित भएका थिए ।
जसको कारण जक्सन २६ र २७लाई ११ घण्टासम्म बन्द गरिएको थियो । मेट्रो दैनिकका अनुसार प्रहरीले दुई सवारी साधनका चालकहरुलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको खराब गाडी चलाईको कारण उक्त दुर्घटना भएको प्रहरीको दाबी छ । उक्त घट्नापछि प्रहरीले घटनाबारे व्यापक अनुसन्धान गरिरहेको छ ।
तस्वीरः मेट्रोयूके






