एनआरएन यूकेको चुनावमा साउथ इस्ट लन्डनबाट ३ जनाले गरे एउटै मञ्चबाट उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि बेलायतको साउथ इस्ट लन्डन क्षेत्रबाट ३ जनाले एउटै मञ्चबाट उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्ने हरुमा आइसिसी सदस्यमा अर्कराज तिम्सिना,उपाध्यक्षमा सुरोज मास्के,सचिवमा जीत रानाभाट रहेका छन् ।

आइसीसी सदस्यका उम्मेदवार तिमल्सिना एनआरएन यूके वर्तमान कार्यसमितिमा सदस्य छन् । संस्थाको बुद्धिजीवी विभाग संयोजक उनले दुई वर्षअघिको निर्वाचनमा सदस्य पदमा सबैभन्दा बढि मत प्राप्त गरी विजय हासिल भएका थिए ।

उपाध्यक्षका उम्मेदवार मास्के अहिले एनआरएन यूके कार्यसमितिमा सचिव छन् ।  सचिवमा उम्मेदवारीको घोषणा गर्ने रानाभाट पनि वर्तमान कार्यसमितिमा सदस्य हुन् ।

घोषणासभामा तीनै जना उम्मेदवारहरुले आफ्नो पृष्ठभुमि र एनआरएन अभियानमा संलग्नताबारे जानकारी दिंदै उपस्थित समुदायका अग्रहजहरुमाझ आआफ्ना चुनावी प्रतिबद्धताहरु राखेका थिए ।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरुका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरु हटाउन पहल गर्ने, लगायतका प्रतिबद्धता उनीहरुले गरेका छन् ।

पासा पुचः साउथ ईस्ट यूके अध्यक्ष सुशील प्रजापतिले संचलन गरेको कार्यक्रममा उम्मेदवारहरुलाई शुभकामना दिन साउथ ईस्ट लण्डनस्थित विभिन्न संघसंस्था र समुदायका अगुवाहरु उल्लेख्य रुपमा उपस्थित थिए ।

उम्मेदवारहरुले एनआरएन यूकेको सदस्यताका लागि सबैलाई अपील समेत गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *