मन्त्री छान्ने विषयले कांग्रेसमा प्रवेश पाएन, पौडेल पक्ष रुष्ट

(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

काठमाडौं- भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न नसकेको खबर सञ्चार माध्यममा आए पनि सरकारमा कसलाई पठाउने भन्ने विषयमा पार्टीमा छलफल नै नभएको रामचन्द्र पौडेल पक्षका नेता डा. रामशरण महतले बताएका छन् ।

‘मिडियामा भागबन्डा भनेर आउँछ । तर, त्यस्तो होइन । अरु पार्टीसँग पावर सेयरिङ गर्नेबारे सभापतिले नै छलफल गर्नु भएको छैन,’ महतले भने, ‘मन्त्रीमा कुन व्यक्तिलाई कहाँ पठाउने, अरु नीतिगत विषयमा के हुने भन्नेबारेमा केही छलफल भएको छैन । संख्यामा कुरो भएकै छैन । उपयुक्त मान्छे सरकारमा जानुपर्छ भन्नेमा छौं, तर, छलफल नहुँदा समस्या भएको छ ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।