तमु समाज यूके आमा समूहले भव्यरुपमा मनायो तीज:भिडियाे सहित(फोटो फिचर)

  • शिवशरण गुरुङ

लन्डन– तमु समाज यूके आमा समूहले गत शनिबार लन्डन हयारो बोरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

नारीहरुको महान पर्व तीजको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा लन्डन वरपरका नेपाली नारीहरु हर्ष र उल्लासमय वातावरणमा रमाए ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङको अध्यक्षता र गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न तीज विशेष कार्यक्रमको सञ्चालन सहिन केसी र आमा समूहकी सचिब विमला गुरुङले गरेका थिए ।london mela 2016 024

हेल्थ एण्ड सेफ्टीबारे आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले जानकारी गराएकी थिइन् । तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुँवर, तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज यूके संस्थापक उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको तीज बिशेष कार्यक्रममा यती नेपाली एसोसिएसन यूके अध्यक्ष पिपला देवान लगायत थुप्रै संघ संस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाको उपस्थिति थियो ।tamu

तीज कार्यक्रममा तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङले स्वागत मन्तव्य, आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले धन्यवाद मन्तव्य र प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष शान्ति थापा कुंवरले तीजको शुभकामना दिए ।

कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने, पिउने सँगसँगै चाँद म्यूजिकको डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन लिए ।

विभिन्न ब्यवसाय तथा महानुभावहरुले प्रायोजन गरेको पुरस्कारबाट उत्कृष्ट नृत्यंगना छानेर पुरस्कृत गरिएको थियो । उत्कृष्ट नाचेर पुरस्कृत हुनेमा क्रमश: बिना गुरुङ प्रथम, गंगा गुरुङ द्वितिय, दुर्गा कुमारी गुरुङ तृतीय, रिता गुरुङ चौथो, निसा गुरुङ पाँचौ, सुनिता आचार्य छैटौं र भक्ति माया राईले सातौं स्थान प्राप्त गरे । यसका साथसाथै एकल नृत्य प्रस्तुत गर्ने दुईजना नृत्यंगना सिसु गुरुङ र इन्द्रिया मोक्तानलाई विशेष पुरस्कार दिइयो । नृत्यको प्रथम पुरस्कार लन्डन फेसन हाउसकी प्रोपाइटर तथा निर्देशक मनिसा डंगोलले र राफल ड्रको प्रथम पुरस्कार मनिकला राई गुरुङले प्रायोजन गरेका थिए ।london mela 2016 029

तमु समाज यूकेका खाद्य संयोजक हरिमान गुरुङ र सहयोगीहरुले तयार पारेका तीज विशेष खानाको निम्ति विभिन्न दानबीरहरुले सेलरोटी, मिनरल वाटर तथा आर्थिक सहयोग गरेका थिए । दिउँसो १ बजे सुरु भएको कार्यक्रम बेलुका ११ बजे समापन भएको थियो ।london mela 2016 022