सीके राउतसँग साउथ इस्ट लण्डनमा अन्तरक्रिया हुदै

लण्डन । पृथकतावादी आन्दोलन त्यागेर मुलधारमा आएका सिके राउत यतिबेला बेलायतमा छन् । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा ‘नेपालको विविधता, शान्ति र मानवअधिकार’मा केन्द्रित रहेर प्रवचन दिएका राउतसंग साउथ ईस्ट लण्डनमा अन्तरकृया हुने भएको छ ।

राउतसँग साउथ इस्ट लण्डनमा गरिन लागेको अन्तरकृया कार्येक्रमका आयोजक भने बिधार्थी अभियन्ता एबम संचारकर्मी गणेश खड्का रहेका छन् ।

कार्यक्रम उलउइच स्थित एक सभाहलमा जुन २० तारिक बिहीबार साँझ ६–९ बजेसम्म गरिने भएको हो ।

बेलायतकै क्याव्रिज विश्वविद्यालयबाट पिएचडी गरेका कम्प्युटर वैज्ञानिक राउतका पक्षमा पश्चिमा देशहरुमा मधेशी मुलका गैरआवासिय नेपालीहरु देखिने गरी संगठित छन्। मधेश केन्द्रित पृथकतावादी आन्दोलन सुरु भएदेखिकै राउतका गतिविधिलाई पश्चिमा देशका नेपालस्थित मिसनहरुले समेत अभिरुचिपूर्वक हेरेका हुन्। राउतलाई युरोपेली युनियनको नेतृत्वतहले प्राथमिकतापूर्वक भेटेको विषय केही वर्षअघि चर्चित बनेको थियो ।

स्वतन्त्र मधेशको मागसहित केहीवर्ष केन्द्रिय सरकार र गैरमधेशी समुदायप्रति आक्रामक वक्तव्यवाजीका साथै भूमिगत शैलीको संगठन निर्माणसमेत गरेका राउतले ३ महिनाअघि ओली सरकारसँग सम्झौता गरेका हुन्। लगत्तै उनले जनमत पार्टी नामक दल खोले। मुलधारमा आएसँगै अन्तर्राष्ट्रिय जगतको ध्यानमा परेका राउतले अक्सफोर्ड, त्यसको साताअघि भियना विश्वविद्यालयमा प्रवचन दिने अवसर पाएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *