काठमाण्डौ – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।
भोलिदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी वायुको नयाँ प्रभाव भोली विहानबाट भित्रिँने र मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिने मौसमविद् अर्यालको भनाई छ ।
मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन पनि जारी गरेको छ । देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको छ ।






