रोनाल्डोको चार वर्ष पुरानो प्रेमको अन्त्य !

Ronaldo, Irina photoshootफुटबलको दुनियाँमा सम्भवतः सबैभन्दा चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डाको उनकी चार वर्ष पुरानी रसियन सुपरमोडल प्रेमिका इरिना सायकसँग बिछोड भएको छ ।
सोमबार जुरिचमा आयोजना भएको फिफा बलोन डि’ओर गालामा जब रोनाल्डो आफ्नो दोस्रो गोल्डेन बल लिन त्यहाँ पुगे उनीसँग उनकी प्रेमिका साथमा थिइनन् । उनलाई उनका छोरा क्रिष्यिानो जुनियले साथ दिएका थिए ।
यसका साथसाथै रोनाल्डोले उक्त ‘असेप्टेन्स स्पिच’ मा उनको नाम समावेश गरेनन् । स्मरण रहोस्, इरिनाले उनलाई गत वर्षको यहि कार्यक्रममा उनलाई साथ दिएकी थिइन् ।
उनीहरु बिच सबै ठिक नभएको आँकलन त्यतिबेला गर्न थालियो जब इरिनाले रियल म्याड्रिडका स्ट्राइकरलाई ट्विटरमा ‘अनफलो’ गरेकी छिन् र उनको यो प्रगतीमा उनलाई बधाई पनि दिएकी छैनन् ।