पोर्चुगलले हार्यो, उरुग्वे क्वार्टरफाइनलमा प्रवेश

लण्डन । शनिबार राती रसियामा  सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको छ।। उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए। अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको थियो। खेलको सातौं मिनेटमै गोल गर्दै उरुग्वेले अग्रता लियो। इडिन्सन काभानीले लुइस सुआरेजले उपलब्ध गराएको क्रसमा डिबक्स भित्रबाट हेडमार्फत उत्कृष्ट गोल गरेका थिए। ५५ मिनेटमा पोर्चुगलले बराबरी गोल फर्काउन सफल भयो। पोर्चुगलका लागि पेपेले बराबरी गोल गरेका थिए। उनले डिफेन्डर राफायल गियुरेइरोको क्रसमा हेडमार्फत गोल गरे। तर ६२ मिनेटमा उरुग्वेले दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गर्दा उरुग्वे २-१ ले अघि बढ्यो।