यस्तो थियो युट्युवमा अपलोड भएको पहिलो भिडियो

आज सामाजिक सञ्जाल युट्युवमा हरेक मिनेट ३ सय घण्टाभन्दा बढी भिडियोहरु अपलोड हुन्छन् । विशेष गरेर युवाहरुमाझ यति चर्चित रहेको युट्युवको शुरुवात भने केवल १० वर्ष अघि मात्र भएको थियो । आज यहाँ करोडौं भिडियोहरु सञ्चित रहेका छन् । यी करोडौं भिडियो मध्ये युट्युवमा पहिलो पटक अपलोड भएको भिडियो कुन होला ? युट्युवमा पहिलो भिडियो ‘मि एट जु’ नामक भिडियो अपलोड गरिएको थियो । उक्त भिडियोमा एक युवकलाई चिडियाँखानामा हात्तीहरु हेरिरहेको देख्न सकिन्छ । २४० पी को उक्त भिडियो अउपलोड गर्ने युवक थिए युट्युवका सह निर्माता जावेद करिम । जब गुगलले युट्युव किन्यो उनले १३७,४४३ कित्ता सेयर हात पारे जसको मूल्य ६ करोड ४० लाख मिलियन डलर रहेको छ । सन् २००५ ताका इन्टरनेट त्यति विकसित भएको थिएन । सायद आज भएको भए युट्युवले आफ्नो शुरुवात गर्दा निकै धमाकेदार शुरुवात गर्ने थियो होला ।