बुटवल – प्रहरीले हिजो साझ बुटवलबाट ठुलो परिमाणमा चरेस वरामद गरेको छ । आलुको बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो । चरेस सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ ।
प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेस सहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ पक्राउ परेका छन ।
बुटवल बसपार्कबाट ३० किलो चरेस सहित ३ जना पक्राउ






