लन्डन– एभरटन स्टार वायन रोनीले सोमबार इङलिस प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रा खेलाडी भएकामा त्यो मीठो उपलब्धि भएको बताएका छन् । उनको गोलमा एभरटनले म्यानचेस्टर सिटीसँग १–१ को बराबरी खेलेको थियो । यससँगै ३१ वर्षीय रोनी इङल्यान्ड तथा न्युकासल युनाइटेडका पूर्व खेलाडी एलान सिएररको सूचीमा परेका छन् ।
रोनीले आफ्नो उपलब्धिमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड समर्थक पनि खुसी हुने बताए ।
म्यानचेस्टर छाडेर उनी यसै सिजन मात्र एभरटन आएका हुन् । एभरटनमा भने उनले किशोर उमेरमा खेलेका थिए । म्यानचेस्टरमा जोसे मोउरिन्हो व्यवस्थापक बनेयता रोनीले टिममा नियमित स्थान गुमाएका थिए ।






