नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाली दूतावासको रिसेप्सन

HCतस्बिर बीरेन्द्र श्रेष्ठ,

लन्डन– एक मैत्रीपूर्ण खेलका लागि एक साता लामो बेलायत भ्रमणमा आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले रिसेप्सन दिएको छ ।

मंगलबार साँझ दूतावासमा आयोजित एक विशेष समारोहमा दूतावासले स्वागत कार्यक्रम आयोजना गरेको हो । रिसेप्सनमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा सहभागीहरुले टोलीका १५ जना क्रिकेटर, प्रशिक्षक र अफिसियलहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । जुलाई १९ तारिखका दिन लण्डनस्थित विश्व प्रतिष्ठित लर्ड्स स्टेडियममा एमसिसीसँग हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आएको हो । gol

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत शरदराज आरनले नेपाल बेलायत कुटनीतिक सम्बन्धको दुई सय वर्षका सन्दर्भमा हुन लागेको ऐतिहासिक खेलमा सहभागी हुन बेलायतबासी सबै नेपालीसमक्ष आग्रह गरे । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले लर्ड्समा एमसिसीसँग नेपालले क्रिकेट खेल्ने अवसर पाउनु ठूलो उपलब्धि भएको धारणा राखे ।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुङले जुलाई १९ को ऐतिहासिक खेललाई सफल बनाउन बेलायतस्थित सिंगो नेपाली समुदायको तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा बुद्धिजिवी डा राघवप्रसाद धितालले मैत्रीपूर्ण खेलका विविध पक्षबारे चचा गरेका थिए भने पत्रकार एभरेष्ट गौतमले प्रचारप्रसारको अपडेट प्रस्तुत गरेका थिए ,गणेश खड्का, दीपक श्रेष्ठ, ज्ञाम गुरुङ लगायतले १९ जुलाइको खेल तयारीबारे अपडेट गराएका थिए । समारोहमा उपस्थित एमसिसीका प्रतिनिधि जोन स्टेफन्सनले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि आफुहरु पनि उत्साहित भएको बताए । CRcgo