लण्डन । नव गायिका सिर्जना थापा परियारको पहिलो एकल गीत “तिते करेली” सार्वजनिक भएको छ
सुमधुर स्वरकी धनी नव गायिका सिर्जना थापा परियारको पहिलो एकल गीत भर्खरैमात्र सार्वजनिक भयेको छ । सिर्जना थापा परियारको सुमधुर स्वरमा सागर राजको सङीत सृजना रहेको छ। भर्खरै मात्र सार्वजनिक यस म्युजिक भिडियोको निर्देशन पनि सागर राजकै रहेको छ भने यसमा कलाकार सन्दिप छेत्री , सन्ध्या भट्टराई को साथै सुनिल छेत्रीको जोडदार अभिनय अनि नृत्य रहेको छ । अहिलेसम्मकै म्युजिक भिडियोहरुमा सबैभन्दा फरक स्वाद अनि प्रस्तुतीकरण रहेको यस गीतमा थारु समाजको परिवेशलाई समावेशगरि चित्रण गरिएको छ ।
ललितकला क्याम्पसबाट संगीत शिक्षा पुरा गरेकी गायिका थापाले लामो समयको अध्ययन, लगन र रियाजपछि मात्रै आफ्नो पहिलो एकल गित प्रस्तुति दिएकाले पनि वहाँको स्वर अतिनै निखारीयको महशुस गर्न सकिन्छ । गायिका थापा छिट्टैनै आफ्नो पहिलो एकल गीतिसंग्रह पनि सार्वजनिक गर्ने तयारीमा जुटेकी छिन् ।






