नेपाल पत्रकार महासंघ युकेको च्यारिटीका लागि सहयोगको प्रतिबद्दता: [भिडियो सहित]

लण्डन । पत्रकार आपतकालिन कोष स्थापनाका लागि नेपाल पत्रकार महासंघ युके शाखाले यही मे २१ अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटीमा नेपाली समुदायका अगुवाहरुले सहयोग गर्ने वचन दिएका छन् ।18119592_1828452140808831_873825162810809020_n

शाखाले च्यारिटीका बारेमा परामर्श गर्न शनिबार फार्नब्रोस्थित गोरखा प्यालेस रेस्टुरेन्टमा आयोजना गरेको बैठकमा उनीहरुले सो आश्वासन दिएका हुन् । कार्यक्रममा एनआरएन युकेका उपाध्यक्ष तथा म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेका पूर्व अध्यक्ष योगकुमार फगामीले एनआरएन र मोनाका तर्फबाट सक्दो सहयोग हुने बताए । उनले च्यारिटीको उद्देश्यमा निरन्तरताका लागि सुझाव दिए ।

तमुधिँ युकेका अध्यक्ष ज्ञाम गुरुङले आजकल नेपाली संघसंस्थाको च्यारिटी कार्यक्रममा उपस्थिति पातलो हुँदै गरेको उल्लेख गर्दै पत्रकारको च्यारिटीमा उपस्थिति भव्य बनाउन तमुधिँले २/३ वटा टेबुल बुक गर्ने वचन दिए । साथै अन्य संस्थालाई पनि सक्दो धेरै टेबुल लिन आह्वान गरे । मगर संघ युकेका अध्यक्ष नेम थापामगरले मगर संघ युकेले च्यारिटीमा सक्दो सहयोग गर्ने आश्वासन दिँदै च्यारिटीलाई निरन्तरता दिन सुझाव दिए ।18194908_1612434698784661_1322551881050868526_n

एनआरएन युकेका संरक्षक सूर्य गुरुङले पत्रकारहरुले सबैको भावना समेट्छ र अरुभन्दा पृथक र उदाहरणीय काम गर्छ भन्ने सन्देशसहित च्यारिटी गर्न लागेकोमा सबै संघसंस्था र व्यवसायीलाई सहयोग गर्न अनुरोध गरे । उनले कोषबाट भविष्यमा गरिने सहयोगको प्रारुप पनि प्रस्तुत गर्नसके राम्रो हुने सुझाव दिए ।18157932_1828451377475574_7637344054815783211_n

एनआरएन युकेका पूर्व महासचिव तथा प्रवासी नेपाली मन्च युकेका अध्यक्ष रामशरण सिंखडाले आफ्नो संस्थाको तर्फबाट एउटा टेबुल बुक र स्पोन्सरसमेत गर्ने वचन दिए । गुल्मी जिल्ला समाज युकेका अध्यक्ष राम गलामीले गुल्मी जिल्लाका तर्फबाट २/३ टेबुल बुकिङसहित च्यारिटीलाई सक्दो सहयोग गर्ने बताए । उनले यस्ता कार्यक्रममा पत्रकारहरुसित भेटघाट र विभिन्न विषयमा छलफलसमेत हुने भएकाले समुदायले लाभ लिने धारणा समेत राखे ।

सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङले सहारा युकेबाट आफ्ना सदस्यहरु रहेको सन्जालमार्फत च्यारिटीका बारेमा जानकारी गराउने र कुनै कसर बाँकी नराखी सहयोग गर्ने बताए । ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा र महासचिव रञ्जिता मल्लले आफ्नो संस्थाका तर्फबाट च्यारिटीलाई सहयोग गर्ने वचन दिए । एनआरएन आइसिसी सदस्य तथा नेपलिज सेफ्स एसोसिएसन युकेका अध्यक्ष कृष्ण तिम्सिनाले आफू आवद्ध संस्थाहरुबाट सहयोग गर्ने वचन दिँदै पत्रकार महासंघलाई कार्यसमिति फेरिए पनि च्यारिटीको उद्देश्यलाई निरन्तरता दिने वातावरण बनाउन सल्लाह दिए ।

लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङले समाजका तर्फबाट एउटा टेबुल बुक गरेको र बाँकी सहयोगका लागि अग्रसर रहेको बताए । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले सो च्यारिटी डिनरमा गेसोको सक्रिय सहभागिता र सहयोग रहने बताए । मिस युके नेपाल आयोजक शान्ति गुरुङले आफ्नो टीमका तर्फबाट पूर्ण सहयोग रहने बताइन् । कार्यक्रममा महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले नेपाली पत्रकार तथा युकेमा रहेका कुनै पनि नेपाली आपतमा पर्दा सहयोग गर्न सकियोस् भनेर च्यारिटी गर्न लागिएको बताए ।

च्यारिटीका संयोजक दुतबहादुर पुन लगायत महासंघका सल्लाहकारहरु नविन पोखरेल, चिरन शर्मा, हरिकुमार गुरुङ काजी, उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी, कोषाध्यक्ष पूर्ण गुरुङले समुदायका अगुवा, व्यावसायी, बुद्धिजीवी सबैलाई पत्रकारहरुको च्यारिटीमा सहयोग र सल्लाह दिन अनुरोध गरे ।