क्यान्सर पीडित पोखरेली प्रिया गुरुङलाई बचाउन बेलायतमा अपिल

लन्डन– क्यान्सर पीडित पोखरेली युवती प्रिया गुरुङलाई बचाउन बेलायत निवासी समाजसेबी इशा गुरुङले अपिल गर्नुभएको छ ।

१९ वर्षीया प्रिया हाल भारतमा उपचाररत हुनुहुन्छ ।

इशाले बेलायतमा तमु धीं लगायतका सामाजिक संस्थाहरु क्रियाशील रहे पनि सहयोगको लागि कुनै चासो नदेखाएकोमा इशाले आपत्ति जनाउनुभएको छ ।

पोखरेली गुरुङ समूदायले मात्रै बेलायतमा २०/३० पाउण्ड उठाउँदा पनि प्रियाको जीवन जोगाउन सकिने इशाको भनाइ छ ।