काठमाडौं,८ वैशाख । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले तेस्रो विवाह गरेर भित्र्याएकी श्रीमती विभूति भट्टराईलाई लोकसेवा पास भएपछि मेधावी भन्दै फेसबुकमा बधाई दिएको घटनालाई सो पार्टीभित्र विचलनको रुपमा लिइएको छ । केही समयअघि लोकसेवाबाट अधिकृत पास भएपछि न्यौपानेकी श्रीमती विभूतिलाई उनले फेसबुकमा मेधावी भन्दै बधाइ दिएका थिए । यो देशको कर्मचारीतन्त्र र यो व्यवस्थाबाट केही नहुने भाषण गरेर नथाक्ने न्यौपानेले लोकसेवा पास गर्दैमा ठूलै उपलब्धि हात परेको झैं गरेकोमा वैद्य माओवादीका नेताहरुले विचलनका रुपमा लिएका छन् ।
युद्दकालमा पहिलो श्रीमती गुमाएपछि न्यौपानेले आस्था घिमिरेसँग दोस्रो विवाह गरेका थिए । तर,आस्था र उनीबीचको सम्बन्ध लामो समय कायम रहन नसकेपछि सम्बन्ध विच्छेद भएके थियो । आस्थाबाट जन्मिएको छोरो न्यौपानेसँग छ । सम्बन्ध विच्छेद भएपछि अलगअलग बस्दै आए पनि आस्था छोरासँग भेट्न आउने गरेकी थिइन् । तर,विभूतिसँग २०६९ कात्तिकमा तेस्रो विवाह गरेपछि न्यौपानेले आस्थालाई छोरा भेट्नसमेत नदिएको कुरा वैद्य माओवादीका नेताहरुसम्म पुगेको छ । नेत्रविक्रम विप्लव नफुट्दै आस्थाले छोरा भेट्न पाउँ भनी हारगुहार गर्दैआएकी छन्,तर आजसम्म भेट्न पाएकी छैनन्,दृष्टि साप्ताहिकमा खबर छ ।






