बंगलादेशमा हुनुहुन्छ ? विशेष सतर्कता अपनाउनुस

Embassy-of-Nepal,-Dhaka
बंगलादेशस्थित नेपाली दूताबास

काठमाडौं २१ असोज,। बंगलादेशस्थित नेपाली दूताबासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

वंगलादेशका विभिन्न स्थानमा विदेशी नागरिकहरुमाथि आक्रमण तथा हत्याका घटना बढेपछि दूताबासले सम्भावित घटनाबाट सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो ।

दूताबासले समाजिक सञ्जाल फेसबुकमा राखेको सूचनामा भनिएको छ-‘आफ्नो सम्पर्कमा रहनु भएका व्यक्तिहरुलाई पनि विशेष सतर्कता अपनाउन स्मरण गराइदिनुहोला ।’

दूताबासले कुनै आकस्मिक सहयोग वा सूचनाका लागि भन्दै फोन नम्बर र इमेल समेत दिएको छ । दूताबासले दिएको टेलिफोन नं. ‌+८८०२९८९२५६८/९८९२४९०  र इमेल ठेगानाः eondhaka@dhaka.net छ ।