बिग आइकन साजनको अन्तिम कार्यक्रम प्लमस्टिडमा सम्पन्न

 

sajan1-187लन्डन– बेलायत भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेको सांगीतिक कार्यक्रम बिट मारेका छन् । अन्तिम कार्यक्रम बुधबार प्लमस्टिडस्थित चौतारी रेस्टुरेन्टमा सम्पन्न गरिएको छ ।

द ब्रिटिस कलेज र नेपालीपत्रको निमन्त्रणामा डिसेम्बर १८ मा लन्डन उत्रिएका साजनले यसअघि  उनले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट,अल्डरसटस्थित निरमाया रोधीघर लगायत ठाउंमा सांगीतिक प्रस्तुति दिएका थिए । पोखरास्थित बीग एफएमका अध्यक्ष महेश भण्डारीसहित बेलायत आएका साजन आज नेपाल फर्कंदैछन् ।