नेपाली बजारमा आइपुग्यो आइफोन एसइ

image

काठमाडौ । मध्यमवर्गिय ग्राहकलाई लक्षित गरी एप्पल उत्पादन गरेको आइफोनको सस्तो संस्करण ‘आइफोन एसई’ नेपाली बजारमा आइपुगेको छ ।

नेपालका लागि एप्पलका उत्पादनहरुको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका अनुसार आइफोन एसई १६ जीबी र ६४ जीबी गरी दुईवटा भेरिएसनमा उपलब्ध हुनेछ ।

चार इन्च स्क्रिनयुक्त आइफोन एसई भारतीय र चिनियाँ बजारका मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी ल्याइएको आइफोन ५सीको अपग्रेडेड भर्सन हो ।

यसमा १२ मेगापिक्सेल क्यामेरा र ए९ एडभान्स चिप प्रयोग गरिएको छ । नेपाली बजारमा स्पेश ग्रे, सिल्भर, रोज र रोज गोल्ड गरी चार रंगमा यो फोन उपलब्ध छ ।

जीबीयुक्त आइफोन एसईको मूल्य ५८ हजार र ६४ जीबीयुक्त आइफोन एसईको मूल्य ७१ हजार पर्नेछ । ग्राहकले फोन किन्दा भ्याट बिल र एक बर्षको वारेन्टी प्राप्त गर्ने जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले जानकारी दिए ।

बजारमा रिफर्विस्ड आइफोनको बिगबिगी रहेको भन्दै कम्पनीले असली आइफोन रहे/नरहेको जानकारी लिन एप्पल स्पेश आएमइआई नम्बर राखी ३४००१ मा एसएमएस गर्न आग्रह गरेको छ ।

आइफोन एसई एप्पलका आधिकारिक विक्रेताहरु ओलिजस्टोर, इभोस्टोर, फ्युचर वल्र्ड र सोनु मोबाइलका सोरुमहरुमा किन्न सकिने छ ।