काठमाडौं -एनआरएनको फेस टु फेस बैठक सम्पन्न भएको छ । काठमाडौंमा एक दिन चलेको बैठक सम्पन्न भएको हो । बैठकले सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरेको छ ।

बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, कोषाध्यक्ष सपिला भण्डारी, प्रवक्ता भूषण घिमिरे, क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु , सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको सहभागिता थियो ।

फेसबुक कमेन्ट