पाकिस्तानमा चिनियाँ दूतावासमाथि आतंककारी हमाला

कराँची । पाकिस्तानको कराँची सहरस्थित क्लिफ्टन इलाकामा रहको चिनियाँ राजदूतावासमा हमाला भएको छ । शुक्रबार बिहान आतंककारी हमला भएको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

समाचार एजेन्सीका अनुसार कारमा चढेर आएका आक्रमणकारीले दूतावास परिसरमा गोली बर्साएका हुन् । गोली लागेर सुरक्षामा तैनाथ रहेका दुई सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि भएको भिडन्तका क्रममा एक आक्रमणकारी मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *