लण्डन ऊलविचमा मार्च २६ आईतबार छक्का पञ्जा ४ प्रदर्शन हुने

बेलायत। लण्डनको ऊलविचमा नेपाली सुपरहिट चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने भएको छ । साउथ ईष्ट लण्डन स्थित ऊलविच स्थित द ट्रामेष्ड Tramshed चर्चको हलमा आगामी मार्च २६ आईतबार साझँ ६ बजे सासनराईज इभेन्टको प्रस्तुतिमा छक्का पञ्जा ४ प्रदर्शन हुन लागेको हो । चलचित्र प्रदर्शनकालागि आवश्यक तैयारी पुरा भैसकेको सामाजिक अभियान्ता एवम् लण्डन नेपाल न्यूजका सवांददाता प्रकाश कंडेलले बताए ।

लण्डनको ऊलविचमा पहिलो पटक छक्का पञ्जा ४ प्रदर्शन गर्दैछौ, निकै चर्चामा रहेको पारिवारिक वातावरण वर्तमान सन्दर्भलाई समेटेर निर्माण गरिएको चलचित्र हेर्नका लागि हलसम्म आउन उनले आग्रह गरे ।कंडेलले यसको संयोजन गरेका छन्।

हेमराज बि.सीको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । राजनैतिक पृष्ठभूमि समेटेर यो चलचित्र तयार पारिएको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

११ मिलियन भ्यूज र करोड क्लवमा पुगेको छक्का पञ्जा नेपालमा सफलतापूर्वक प्रदर्शन भईरहेको छ । नेपालका अधिकाशं हलहरु खचाखच छन् ।

Date – 26 March 2023 (Sunday) Time – 6pm Venue-The Tramshed,51-53 Woolwich New Road Post Code – SE18 6ES Contact No. 07429947196 ( Prakash Kandel )