क्यानडा– क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थायी बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १% बराबार मानिसहरु विदेशबाट लिदैंछ ।

सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ ।

‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।

हुसेन आफै पनि कुनै समय सोमालियाबाट आप्रवासीका रुपमा क्यानडा आएका थिए । उनले नयाँ आउनेहरुले देशको घट्दो जन्मदर र बढ्दो बृद्ध जनसंख्याले गर्दा श्रम शक्तिमा पर्ने असरलाई न्यूनिकरण गर्ने बताए ।

फेसबुक कमेन्ट