काभ्रे। भीरबाट लडेर गम्भीर घाईते भएकी एक महिलाको हेलिक्टर मार्फत उद्धार गरिएको छ । घास काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी काभ्रेको दुर्गम क्षेत्र खानीखोलाकी ४० वर्षीया ग्यान्जामाया लोप्चनको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उनलाई मनाङ एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको छ । आफन्त कान्छामान स्याङ्तानले लोप्चनको टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको बताए । उनका अनुसार लोप्चन भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन् ।
लडेर बेहोस भएकी लोप्चनको अवस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौ पठाएको हो ।






