विवेकशील साझा पार्टी फुट्यो, नयाँ पार्टीको नाम विवेकशील नेपाली दल

काठमाडौं– रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् ।

पछिल्लो समय विवादमा रहेको सो पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।

शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *