लन्डन–
साँझको व्यस्त समयका बेला रेलको ठक्करले गए राति दुई जनाको निधन भयो । मृत्यु भएका एकजना अभिभावक र उसको बच्चा रहेको प्रहरीको अनुमान छ । ब्रिटिस ट्रान्सपोर्टका प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा परेका ती दुई व्यक्ति रेलको ट्रयाकमा कसरी आइपुगे भन्ने बारेमा प्रहरीले खोजविन सुरु गरेको छ । घटनाबारे तत्काल प्रहरीले केही बताउन चाहेनन् ।
घटना पश्चिम लण्डनको इलिङ ब्रोडवे को ओभर ग्रोउन्डं स्टेसनमा भएको थियो । बच्चासहित एक अर्धवैसे मानिस रेलको लिगमा फाल हानेको लण्डनको अग्नि नियन्त्रकले सार्वजनिक गरेको रिर्पोटमा भनिएको छ







![Ealing-broadway[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/Ealing-broadway1.jpg)