एनसीआई ग्रुप यूकेको साधारणसभा सम्पन्न

nciuk

गुणदेव घिमिरे, लण्डन । नेपालिज कोअपरेटिभ ईन्भेस्टमेन्ट लिमिटेड एनसिआई ग्रुपको साधारणसभा लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट ईन रष्टुरेन्टमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभालाई महासचिव अर्क तिम्सिनाले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रममा महासचिवद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु अघि संस्थाका अध्यक्ष मोहन गुरुङद्वरा वार्षिक कार्यक्रमका औचित्य र अन्य केहि महत्वपूर्ण विषय सभामा प्रस्तुत गरे ।

महासचिव तिम्सिनाद्धारा संक्षिप्तमा वर्षभरका प्रोपर्टिसम्बन्धी गतिविधिहरु सम्प्रेषण गरेलगत्तै संस्थाका कोषाध्यक्ष एलएन पान्डेले हालसम्मको कोष विवरण प्रस्तुत गरेका थिए । संस्थाले एक वर्षभित्रै दुईवटा प्रोपर्टि किनेर नाफा दिएको विवरणलाई शेयर होल्डर सबैले प्रशंसा गरेका थिए ।

विशुद्ध व्यवसायिक संस्थाका रुपमा रहेको एनसीआईअन्तर्गत यूकेमा बसोबास गर्दै आएका व्यवसायी  समुहद्वारा गत दुई वर्षदेखि प्रोपर्टि खरिद बिक्रि गर्दे हुंदै आएको छ । यस संस्थामा अहिले १४८ वटा शेयर होल्डरहरु छन् ।

संस्थाले आफनो लगानी विस्तृत गर्दै नेपाल र बेलायत बाहिर युरोपेली देशहरुमा पनि लगानी गर्ने भएको छ । साधारणसभामा संस्थाका बिजनेस ईन्भल्भमेन्ट विभागका सदस्यद्वय पशुपति भण्डारी तथा सुरज मास्केले नेपाल तथा बेलायतमा प्रोपर्टि मार्केटको स्थिति सम्बन्धी विषयमा प्रकाश पारेका थिए ।

अध्यक्ष मोहन गुरुङ र पशुपति भण्डारीले नेपालमा लगानी गरेर सम्भाावित नाफाबारे महत्वपूर्ण जानकारी अधिवेशनलाई गराएका थिए । संस्थाका शेयर होल्डरहरु  दिपक भट्टराई र सुशिला कार्की बुढाथोकीले प्रोपर्टि बिजनेस र नर्सिङहोमको बिजनेसबारे आ–आफ्नो धारणा राखेका थिए ।

यस कार्यक्रमको भेनु र खानाको प्रायोजन एभरेष्ट इनका प्रोप्रेटरद्वय पशुपति भण्डारी र यादव भण्डारीले गरेका थिए । यादव भण्डारीले आफ्नो मन्तव्य राख्दै एनसीआईले छोटो समयमा राम्रो उपलब्धि गरेको उपलक्ष्यमा बधाई ज्ञापन गरेका थिए ।

साधारणसभामा शेयरहोल्डरहरु सुमलकुमार गुरुङ र विनोद न्यौपानेले संस्थाको हितका लागि प्रक्रिया सच्याउदै अधिवेशनले नियमहरु पारित गरेर अघि बढ्न सुझाव दिए । कार्यक्रमको अन्ततिर शेयर होल्डरहरुलाई शेयर प्रमाणपत्र र शेयर बाहेक प्रोपर्टिमा लगानी गरेका शेयर होल्डरहरुलाई रिसिट प्रदान गरिएको थियो ।

साधारणसभामा प्रोक्सी र शेयरहोल्डर गरी ८२ जना सहभागी थिए । साधारण संस्थालाई धन्यवाद दिंदै अध्यक्ष गुरुंगले साधारणसभा समापन गरेलगत्तै कवि दिनेश पौड्याल र सुमलकुमार गुरुङले गजल र मुक्तक सुनाएका थिए ।