काठमाडौं- उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई ‘पर्सना ननग्राटा’ घोषित गर्ने भन्ने हल्ला निराधार रहेको बताएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा थापाले केही मिडियामा सरकारले भारतीय राजदूतलाई फिर्ता पठाउन लागेको भन्नेखालका आधारहीन समाचार आएको भन्दै दुई देशबीचको सम्बन्धलाई बिगार्न यस्ता हल्ला फैलाइएको बताएका छन्।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएको सन्दर्भमा भारतीय राजदूतलाई पनि ‘पर्सना ननग्राटा’ बनाउने हल्ला चलेको थियो।






