लण्डन । तमु जातीहरुको महान पर्व ल्होछार कार्यक्रममा सहभागी हुन कलाकारहरु लण्डन आइपुगेका छन ।
गुरुङ कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नायक राजु गुरुङ, लोकदोहोरी गायिका निता गुरुङ र गायिका तथा मोडल जुनु रिजाल सोमबार साँझ हिथ्रो विमानस्थलमा उत्रिएका थिए । कलाकारहरुलाई तमुधिं यूकेको एक जम्बो टोलीले स्वागत गरयो ।
तमुधिं यूकेले आगामी २ जनवरी शनिवार सांझ रेडिङमा गर्ने तमु जातीहरुको महान पर्व ल्होछार कार्यक्रममा जुनुले नृत्य समेत प्रस्तुत गर्नेछिन् । अन्य गायक गायिका गणेश गुरुङ र कुमारी गुरुङको समेत प्रस्तुति रहने बताइएको छ । यस अलवा गोर्खा गुरुङ समाज, सोंपाल समाज, रोधी परिवार यूके, रेडिङ तमु समाज, अल्डरसट युथ र तमुधिं आमा समूहको पनि सरप्राइज डान्स रहने संयोजक गुरुङले जनाए । धार्मिक कार्यक्रम र सांस्कृतिक प्रस्तुतिको मिश्रणले ल्होछार सफल हुने विश्वास संयोजक गुरुङको छ ।
३० डिसेम्बरमा वुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) को अल्डरसटस्थित गुम्बामा ल्होछार शान्ति पूजा र प्रवचन हुनेछ । गुरुङ (तमु) लामा वौद्ध धर्म समाजका केन्द्रिय संस्थापक अध्यक्ष तथा वौद्ध अर्घौैं सदन रामघाट गुम्बाका प्रमुख लामा आचार्य श्री शिर लामा तमु (थुब्देन येशे) नेपालबाट ल्होछारकै लागि आउंदैछन् । साथमा खेम्पो छेवाङ गुरुङले पनि धार्मिक पूजा र प्रवचन दिने कार्यक्रम छ ।









