ठगीको आरोपमा निर्माता तथा कलाकार प्रज्ञा जोशी पक्राउ

काठमाडौं– कलाकार तथा निर्माता प्रज्ञा जोशी पक्राउ परेकी छन् । ठगी गरेको आरोपमा उनी आइतबार इटहरीबाट पक्राउ परेकी हुन् ।

एक जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको हो ।

जोशी पक्राउ परेको पुष्टी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी समिर चन्द्र खरेलले गरे ।

‘महानगरीय प्रहरी परिसर काठमाडौँले उपस्थिती गराउनु भनेकोले हामीले समातेर काठमाडौ पठाएका हौँ,’ डिएसपी खरेलले भने, ‘किन र केका लागि हो हामीलाई थाहा छैन ।’

उनलाई आजै काठमाडौ पठाएको उनले जानकारी दिए ।

लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् ।

‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायतका आध दर्जन बढी फिल्म निर्माण गरेकी जोशीले थुप्रै फिल्म अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *