बेलायतको ह्यारोगेटमा गुञ्जियो नेपाली आवाज.!!! फोटो फिचर

शिब भण्डारी

लन्डन । बेलायत भ्रमणमा रहेका नेपालको दुई सरकारी विद्यालयका विद्यार्थीले बेलायतको ह्यारोगेटमा भव्य कार्यक्रमबीच नेपाली गीत-संगीत र नृत्य प्रस्तुत गरेका छन्।

त्रिसहिद र भ्यालीका ४० नेपाली विद्यार्थी तथा स्थानिय बालबालिकाले विभिन्न नेपाली -इन्ग्लिश गीत-संगीत र नृत्य प्रस्तुत गरेका हुन् । 

कार्यक्रमका लागि किड्स अलाउड प्रोजेक्टका एन्ड्रयु मोरिसन र डाइहेन्स लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल र बेलायतबीचको दौत्य सम्बन्धलाई उचाईमा पुयाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले नेपाली स्कुले विद्यार्थीलाई बेलायतसम्म ल्याउन गरिएको प्रयत्नप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा ह्यारोगेट स्थित स्थानिय तीन सयभन्दा बढीको उपस्थिति थियो । नेपाल र बेलायतबीच मौलिक कला संस्कृति आदान प्रदान गर्ने उद्देश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत आएका थिए । हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङ्जाको आँधिखोलास्थित त्रिसहिद माध्यमिक विद्यालय र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत आएका हुन् ।

भ्रमण टोलीमा स्याङ्जाकै पुरानो विद्यालय त्रिसहिद माध्यमिक विद्यालयका प्रिन्सिपल टेक नाथ खनाल सहित २० जना विद्यार्थी र भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी सहित २० जना विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक र विषय शिक्षक गरी ५३ जना छन् ।उनीहरुको  टोली बेलायतका विभिन्न १४ विद्यालयमा हुने कार्यक्रममा सहभागी भएका छन् 

बेलायत भ्रमण टोलीमा किड्स अलाउड प्रोजेक्टका अन्तर्राष्ट्रिय कोडिनेटर एवम् रि. मेजर लिलबहादुर गुरुङ एम बि यी एबम क्याप्टेन राजेन्द्र मान गुरुङ ,र क्याप्टेन प्रेम गुरुङले नेपाली विद्यार्थीहरु बेलायतजस्तो आधुनिक र विकशित देशमा आएर आफ्नो प्रस्तुति प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको लन्डन नेपाल न्यूज डट कमलाई बताए ।

कार्यक्रममा सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुगं तथा सल्लाहकार डेबिड गुरुङ लगायत अन्य सल्लाहकारहरुको उपस्थित थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *