अध्यक्ष प्रचण्ड राहतसहित हावाहुरी प्रभावित क्षेत्र जाँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हावाहुरी प्रभावित क्षेत्रमा जाने भएका छन् । हावाहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड राहतसहित त्यहाँ जान लागेका हुन् ।

मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत प्रचण्ड हावाहुरी प्रभावित क्षेत्र प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे जानकारी लिने र पीडित परिवारसँग भेटघाट र राहतसमेत वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *