बेलायतमा सोपांल समाजले गर्‍यो त्रिसहिद र भ्यालीका ५३ शिक्षक-विद्यार्थीलाई भव्य सम्मान !!! फोटो फिचर

शिब भण्डारी
लन्डन । सोपांल समाज यूकेले त्रिसहिद र भ्यालीका ५३ शिक्षक विद्यार्थीलाइ सम्मान गरेको छ।

बेलायत भ्रमणमा रहेका नेपालको दुई सरकारी विद्यालय स्याङ्जा र काठमाडौँका विद्यार्थीलाई लण्डनको नर्थहोल्टस्थित नर्थहोल्ट सोसल क्लबमा एक कार्यक्रमबीच सम्मान एबम स्वागत गरिएको हो ।

स्याङ्जा जिल्लाबाट बेलायतमा स्थापित सोंपाल समाज युकेले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक शिक्षक गरी ५३ जनाको टोलीलाई संस्थाको तर्फबाट स्वागत कार्यक्रम गरेको हो । कार्यक्रमका लागि रोटरी क्लबका पदाधिकारी हरु एबम किड्स अलाउड २०१९ प्रमुख संयोजनक मेजर् लिल बहादुर गुरुङ ( एम बि इ) तथा प्रोजेक्ट लिडर एन्डी मोरिसन लगायतले सहजीकरण गरेका थिए ।

नेपाल र बेलायतबीच मौलिक कला संस्कृति आदान प्रदान गर्ने उद्देश्यले नेपालबाट शिक्षक र विद्यार्थी गरी ५३ जना नेपालीहरु बेलायत आएका थिए । हार्रोगेट ब्रिगानेट र हिमालयन गोर्खाजको संयुक्त पहलमा स्याङ्जाको आँधिखोलास्थित त्रिसहिद माध्यमिक विद्यालय र काठमाडौंमा रहेको भ्याली पब्लिक स्कुलका विद्यार्थी तथा शिक्षकहरु बेलायत आएका हुन् ।

संस्थाका अध्यक्ष युक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए । सस्थाका सस्थापक अध्यक्ष बिजय बहादुर गुरुंगले आफ्नो कला संस्कृति,धर्म,भाषा बारेमा बोलेका थिए ।

कार्यक्रम संचालन गर्दै संस्थाका महासचिव भरत गुरुङले स्याङ्जा र काठमाडौँका स्कुले विद्यार्थीलाई बेलायतसम्म ल्याउन गरिएको यो महान कार्य प्रति खुसी व्यक्त गर्दै सोपांल समाजको तर्फबाट स्वागत सम्मान कार्यक्रममा सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।

भ्रमण टोली स्याङ्जाकै पुरानो विद्यालय त्रिसहिद माध्यमिक विद्यालयका प्रिन्सिपल टेक नाथ खनाल तथा भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले आफुहरुलाई सम्मान गरेकोमा सोंपाल समाज युकेलाइ बिशेस धन्यवाद दिए।

भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी सहित २० जना विद्यार्थी एवं संगीत प्रशिक्षक, नृत्य प्रशिक्षक र विषय शिक्षक गरी ५३ जना छन् । उनीहरुको टोली बेलायतका विभिन्न १४ विद्यालयमा हुने कार्यक्रममा सहभागी भएका हुन् ।

सल्लाहकार डेबिड गुरुङले जन्मभूमिबाट टाढा आएर क्रियाशिल रहेको सोंपाल समाज युकेले आफ्ना गाउ घरका सानै उमेरका नानी बाबुहरुको उजाल भबिष्यको कामना गरे । कार्यक्रममा समाजका ट्रस्टी आमा समूहकी अध्यक्ष नईन्द्र गुरुङ,लगायत सल्लाहकारहरु एक सय पचास सयभन्दा बढीको उपस्थिति थियो ।

भ्रमण टोलीमा स्याङ्जाकै पुरानो विद्यालय त्रिसहिद माध्यमिक विद्यालयका विद्यार्थीले सुरुमै बेनीको बजार कलिलो तामालाई भन्ने गित बाट आफ्नो निर्त्य प्रस्तुत गरेका थिए ।

वाह कति राम्रो नाच, कोही यसो भन्दै रमाइरहेका थिए भने कोही र रिमिक्स शैलीको गीतमा नाचेर भाइ बैनी हरूलाई साथ दिँदै थिए त कतिपय देशभक्तिपूर्ण भावले आफ्ना गाउ घरका भाइ बैनीका गीत र नृत्यलाई गडगडाहट तालीले समर्थन जनाउँदै थिए।

सधैं नेपाली कलाकारको प्रस्तुतिमा रमाउने सोपांल समाज सोमबार साझ यहाँको विल्कुलै फरक र नौला प्रस्तुतिमा रमाउन पाउँदा निकै रोमाञ्चित र हषिर्त भए। गाउ घरका लोक सांस्कृतिक र नेपालको झन्डा आकर्षक मौलिक पहिरनमा सजिएर थरी-थरीका संगीतमा चाखलाग्दा नृत्य प्रस्तुत गर्दा समयको प्रवाह नगरी अन्तिमसम्म रमाएर बसे।

समाजले गत वर्ष एक भब्य कार्यक्रमबीच अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम (किड्स अलाउड २०१९) को पन्चमुल स्कुलका बालबालिकाहरुको सहयोगार्थ जम्मा गरिएको रकम ८ हजार ५७ पाउण्डको चेक समेत हस्तान्तरण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *