एनआरएन राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागि हुँदै

काठमाडौं – आगामी माघ २५ देखि फागुन ३ गते सम्म हुन गइरहेको आठौ राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली संघको टोलीले पनि सहभागी जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषदले ७ ओटा प्रदेश, ३ ओटा विभागीय टिम र यस पटक एन्आरएनको टिम गरि ११ ओटा टिमलाई सहभागि गराउने निर्णय भएको छ ।

यस पटक गैर आवासीय नेपाली संघले सबै ७९ देशका खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्नको लागी जापानले पनि खेलाडी छनौट गरी पठाउने भएको छ ।

विभिन्न खेलका विधामा आफुले उत्कृष्ठ पर्दशन गर्न सक्ने खेलाडीले आफ्नो खेलको विधा खुलाई उक्त खेलमा यस अघि पर्दशन गरेको र प्राप्त गरेको उपलब्धि सहितको विवरण एनआरएनको आफ्नो देशमा संकलन गरी संघको खेलकुद समितिमा पठाउनु पर्ने भएको छ ।

खेलाडीको विवरण प्राप्त भएपछी एनआरएनको खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौ राष्ट्रिय खेलकुदमा यो पटकबाट आफ्नो अफिसियल टिमलाई आफ्नो परिचय कार्ड सहित सहभागी गराउने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय युवा संयोजक तथा आठौ राष्ट्रिय खेलकुद संयोजक सुदन थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *