बुटवल- दाङ्गको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
पछिल्लो चरण मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा अन्दाजी बर्ष २० का विरेन्द्र कडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएका छ । हुम्ला घर भएको प्रहरीले अनुमान गरे पनि एकिन ठेगना खुलेको छैन ।
बाँकी घाईते १४ जना मध्ये ३ जनाको नेपालगञ्ज नर्सिंङ्गमा र अरुको कोहलपुरमा उपचार भई रहेको जनाईएको छ ।
ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेमबहादु शाहीका अनुसार सनाखत भएका मृतकहरु यस प्रकार रहेका छन ।
१. मदन केसी बर्ष ३२ , दाङ्ग घोराही उपमहानगर पालिका–३ (चालक)
२. प्रदिप घिमिरे बर्ष २८ , ऐ वडा नम्वर १७ (शिक्षक )
३.नरेश ओली बर्ष २८, भुमे गाउँपालिका पुर्वी रुकुम
४. संजिव खगैया बर्ष ३० , दंगीशरण–१ , दाङ्ग
५. विजय जिएम बर्ष १७, घोराही–१४
गम्भिर घाइतेहरु
रोजिना पुन चिन्ताजनक अवस्था,
मनिका रिजाल चिन्ताजनक अवस्था,
कुसेन्द्र खत्रि चिन्ताजनक अवस्था,
जुम्ला चन्दनाथ गाउँपालिका ७ कुसेन्द्र खत्री चिन्ताजनक अवस्था,
अछाम मंगलशेन ५ नगरपालिकाका — युवराज ढुंगाना चिन्ताजक अवस्था,
मंगलशेन ५ बर्ष १८ विक्रम भण्डारी चिन्ताजनक अवस्था,
रुकुम त्रिवेणी ३ गाउँपालिका बर्ष १६ को प्रेम बहादुर खड्का चिन्ताजनक अवस्था,
घोराही उपमहानगरपालिका १४ — सञ्जय खनाल बर्ष १८ सहचालक चिन्ताजनक अवस्था,
अहिले विहान नेपालगन्ज नरर्सिङहोममा रिफर गरिएकाहरु जुम्ला घर भएका विरेन्द्र बटाला, रुकुकमा सानोदेवी गाउँपालिका १० का १६ बर्षीया राजन डाँगी, रोल्पा परिवर्तन गाउँपालिका ४ १७ बर्षीया प्रकाश ओली, जुम्ला चन्दनाथ गाउपालिका २ का जिवन भण्डारी, सोही जिल्ला चन्दनाथ गाउँपालिका ७ की १५ बर्षीया बर्षा रोकाया, सोहि गाउँपालिका वडा २ का १६ बर्षी भद्र विष्ट बोल्न सक्ने अवस्था, कैलाली टिकापुर नपा ८ का १७ बर्षीय समिक्षा रोकाया, बोल्न सक्ने अवस्था,
जुम्ला तातोपानी ४ का १८ बर्षीया हिमाली हिमाल बोल्न सक्ने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।
– २१ जनाको घटना स्थल मै मृत्यु , १ जनाको उपचारको क्रममा मृत्यु
– दुर्घटना स्थल तुल्सीपुर उपमहानगरपालिका ३ राम्री हर्नेटीको खोल्सा
– सवारी साधनः बा ४ ख ९७६६ को बस
– घटनामा पर्नेहरुः शहित कृष्ण सेन ईच्छुक बहुप्राविधिक विद्यालयका शिक्षक विद्यार्थी र चालक
– दुखत घटना : सल्यानबाट शैक्षिक भ्रमण गरी गाउँदै नाँच्दै गर्दै गर्दा ।
– प्रत्यक्षदर्शीः घाईते मध्येकी हिमाली हमाल भन्छिन खसेको देखे की हुँद मेरो होस गुमे पछि अरु अत्तोपत्तो केहि पाईन ।
– सिडियो , एसपी , डिएसपी र तीन सुरक्षा निकाय राती साढे १२ बजे सम्म घटना स्थलमा






