हुलदङ्गा मच्चिंदा अमेरिकामा दुई प्रहरी मारिए

न्युयोर्क, फाल्गुन २८ । अमेरिकाको फर्गुसनमा हुलदङ्गा मच्चिंँदा दुई जना प्रहरी अधिकृत मारिएका छन् । गोली प्रहारबाट अर्का एक जना प्रहरी पनि गम्भीर घाइते भएका छन् । फर्गसनका प्रहरी प्रमुखले राजीनामा दिए लगत्तै त्यहाँं प्रदर्शन चर्किएको छ । आफनो शाखामा जातिय विभेद रहेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।
प्रदर्शनकारीहरुले अरु प्रहरीले पनि राजिनामा दिनु पर्ने माग गरेका छन् । गत अगष्टमा काला जातिका निहत्था युवक माइकल ब्राउन गोरा जातिका प्रहरीको गोली प्रहारबाट मारिए पछि त्यस क्षेत्रमा प्रदर्शनहरु हँुंदै आएका छन् ।f