नेपालगञ्ज, २८ फाल्गुन । नेपालगञ्ज, फाल्गुन २८ । प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबलको दोस्रो संस्करणको उपाधी माथि सशस्त्र प्रहरीको एपीएफ क्लबले कब्जा जमाएको छ । आज न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हराउंदै एपीएफले उपाधी कब्जा गरेको हो । एपीएफले ४ खेल खेलेर ११ र न्यू डाममण्डले ४ वटा खेलबाट ९ अंक जोडेका थिए ।
राउण्ड रोबिनका आधारमा खेलाइएको उक्त प्रतियोगिताका बिजेता र उपबिजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले नगद पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरेका छन् । नेपालगन्जस्थित कर्भडहलमा भएको लीगको अन्तिम प्रतिस्पर्धामा दर्शक हुटिङ न्यू डायमण्डको पक्षमा भएपनि एपीएफले एकतर्फी ढंगले प्रभावशाली जित दर्ज गर्यो ।
पहिलो २५–१७, दोस्रो २५–२२ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उसले लीगको शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । पहिलो संस्करणको साबिक बिजेता नेपाल पुलिसले ७ अंकका साथ तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगिताको बिजेता एपीएफले ५५ हजार र उपबिजेता न्यू डायमण्डले ३५ हजार नगद पुरस्कार हात पारे । तेस्रो हुने पुलिसले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।
इण्डो–नेपाल महिला भलिबलको उपाधी एपीएफलाई






