काठमाडौं। मतदान गर्न जानुअघि कांग्रेस नेता गगन थापाले गरेको ट्वीट तत्कालै भाइरल भएको छ । उनले अतदान गर्न जानुअघि आफ्नो परिवारसँगै भएको फोटो पोस्ट गर्दै ट्वीट गरेका थिए । उनले यो ट्वीट गर्नासाथ लगातार रिट्वीट भइरहेको छ । गगनले ट्वीटमा ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो। म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु। आज भोट हाल्न जानु पुर्व छोरीहरुको शुभकामना लिंदै:’ भनेर लेखेका छन् ।







