निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मधेस गठबन्धनका संयोजक सिके राउत पक्राउ

काठमाडौं- स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत पक्राउ परेका छन् । धनुषाको जनकपुरस्थित माछाबजारबाट राउत पक्राउ परेका हुन् ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोप प्रहरीले राउतलाई पक्राउ गरेको हो । राउतको गिरफ्तारी पछि धनुषामा धनुषामा सुरक्षा सर्तकता बढाइएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्मरणीय छ ९ सय ६० मतदाता रहेको सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले आज मतदान वहिष्कार गरेका छन् । यस महदेवा गाउँ स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतको पैतृक गाउँ हो ।