बेलायतमा बुद्ध जयन्ती मनाउने भब्य तयारी, राज्य मन्त्री प्रमुख अतिथि रहने

get_imgलन्डन,

लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा बुद्ध जयन्ती मनाउन नेपाली समुदाय उत्साहित भएको छ । आगामि मे महिनाको ७ तारिखको साँझ ६ बजे देखि ९ बजेसम्म लण्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने तयारी भएको हो। शान्तिको दूत गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर चिनाउने र उनको शान्तिका सन्देश विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइने भएको छ।

बेलायतको ऐतिहासिक स्थल ट्राफलगर स्क्वायरमा पहिलो पटक नेपालीहरुको औपचारिक कार्यक्रम हुने भएकोले कार्यक्रमलाई महत्वपूर्ण रुपमा लिइएको छ।

बुद्ध फाउण्डेसन यूके, लण्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजनामा उक्त कार्यक्रमा हुन लागेको हो । कार्यक्रममा बेलायती सांसद र बेलायतका लागि ४ वटा देशका राजदूतहरुको पनि सहभागिता हुने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माननिय कृषि राज्य मन्त्री राधिका तामाङ रहने फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले पछिल्लो अपडेट मा लन्डन नेपाल न्युज डटकम का सम्पादक शिब भण्डारी संग को टेलिफोन कुराकानी मा बताउनु भयो भने बिशेष आथितिको रुपमा बेलायती संसदको नेपाल हेर्ने समितिका अध्यक्ष विरेन्द्र शर्मा रहने छन्। 18157121_1437892922897723_1533174151317569107_n

यसै बीच सोही सांझ विभिन्न संघसंस्था तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको फाउण्डेसनका सांस्कृतिक संयोजक सूर्य गुरुङले जनाए । नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले कार्यक्रममा आउने विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरु वितरण गरिने जनाए ।

स्वयंसेवक संयोजक जीवन सेनले कार्यक्रम व्यवस्थित र सभ्य बनाउन विभिन्न संघसंस्थाका तर्फबाट व्यापक स्वयंसेवकहरु परिचालन गर्ने तयारी गरिएको बताएका छन् । ‘लण्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउन पाउनुु हाम्रो सौभाग्यको कुरा हो, विश्वसामु यो कार्यक्रमले सकरात्मक सन्देश दिनेछ।’विभिन्न सांस्कृतिक कार्यक्रमहरुसहित मैन बत्ति बालेर कार्यक्रम प्रभावकारी ढंगबाट मनाउने तयारी गरिएको कुरा कार्यक्रमका संयोजक पत्रकार एभरेष्ट गौतमले बताए।