गुल्मीका २० वर्षे युवकको दुवै मृगौला फेल,आर्थिक सहयोगका लागि अपिल

manojलन्डन– गुल्मीको हँसरा गाविस– ४ का २० वर्षीय मनोज ज्ञवालीको मृगौला फेल भएको छ । दुवै मृगौला फेल भएपछि ज्ञवाली मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

१० वर्षअघि नै मृगौलामा समस्या देखिएपछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका ज्ञवालीको दुवै मृगौला फेल भएको हो । उनी मंसिर ८ गतेदेखि मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भएका हुन् ।

बुटवलस्थित सीसीटी कलेजमा नि:शुल्क छात्रवृत्तिमा बीबीए अध्ययनरत ज्ञवालीलाई उपचारका लागि झण्डै २४/२५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । आर्थिक अवस्था कमजोर रहेका कारण बुवा बाबुराम र आमा मञ्जु ज्ञवालीले सहयोगको अपिल गरेका छन् ।bisnu2

घरको आर्थिक अवस्था निकै कमजोर छ। खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए पछि उन् का बुवा आमालाई उपचारमा आर्थिक समस्या झेल्नु परेको छ। व्यवहारिक शिक्षा लिई आफ्नो सफल भविश्य कोर्ने समयमा अस्पतालको बेडमा सुतिरहनु पर्दाको पिडा लेखि साध्य छैन।

उनका अधुरा काम, कर्तव्यहरु पुरा गर्ने ईच्छा जुन तपाई हाम्रो सहयोग बिना सम्भव छैन। यो खर्चिलो उपचार पद्धती भएको कारणले सम्पूर्ण सहयोगी मनहरु, शुभ चिन्तक, इष्टमित्र, आफन्तहरु बाट जिवन रक्षाका लागि सक्दो सहयोगको अपेक्षा गरेको छौ:।bisnu

यसैबीच ज्ञवालीको उपचारका लागि बेलायतमा पनि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । गुल्मी जिल्ला समाज यूके कार्यसमितिका सदस्य बरुण भण्डारी, विष्णु ज्ञवाली र लक्ष्मण न्यौपानेमार्फत सहयोग गर्न सकिनेछ ।

सहयोगदाताहरुको नाम गुल्मी जिल्ला समाज यूकेको फेसबुक पेज तथा भाइबर ग्रुपमा प्रकाशित गरिने जानकारी दिइएको छ ।

सहयोगका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ–
07888850714 / 07725992540 / 07533425010
Barun Bhandari

Lloyds bank

Sc: 77-71-28 Ac: 32968360