फुटबलको फिवर प्रशंसको टाउकोमा चढ्न सुरु भइसकेको छ। त्यसको कारण हो फुटबलको सबैभन्दा ठूलो महासंग्राम। अब फिफा विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी छ। चार वर्षपछि फिला विश्वकप २०१८ को आयोजना रुसले गर्दै छ। १४ जुनबाट सुरु हुने विश्वकपमा विश्वका शीर्ष ३२ टीमले भाग लिँदैछन्। जसलाई आठ ग्रुपमा बिभाजन गरिएको छ।
एक महिना भन्दा धेरै समयसम्म चल्ने यो खेलबाट विश्वले नयाँ च्याम्पियन टीम प्राप्त गर्नेछ। जसले यो पटक विश्वकपको उपाधि जित्छ उसले करोडौंको राशीको पुरस्कारका साथै सुनको ट्रफी पनि पाउँछ।
१४ जुनबाट सुरु हुने यो विश्वकपको फाइनल खेल १५ जुलाईमा रुसमा खेलिनेछ। लीग राउण्ड, क्वार्टर फाइनल र सेमीफाइनल पार गर्दै दुई शीर्ष टीमबीच १५ जुलाइमा फाइनल खेल हुनेछ। फिफा विश्वकपको सर्वाधिक सफलत टीम ब्राजिलसँगै गत विजेत जर्मनीबाट धेरैले आशा गरेका छन्।
फिफा विश्वकप २०१८ को ट्रफी ६ किलो १७५ ग्राम सुनले बनेको छ। यो सुन १८ क्यारेटको हो। यदि यो ट्रफीलाई नेपाली रुपैयाँमा हिसाव निकाल्ने हो भने तीन करोड बढी हुन आउँछ। यो ट्रफीको उचाइ ३६ सेन्टिमीटर छ। विश्वकमा प्राय सबै टीमले आफ्नो तयारी पूरा गरिसकेका छन्। एजेन्सी






