फेल्टम्यानले कोइरालालाई के भने ?

sushil koiralaकाठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उहाँले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताउनुभयो ।

“अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान गर्न संसदमा पहिलो दलका हैसियतले नेकाले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ, अब छिट्टै समाधान निस्कन्छ”–भेटपछि सभापति कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो ।

सभापति कोइरालाले समस्या समाधान गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी उपमहासचिव फेल्टम्यानलाई गराउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।