नेता पौडेलले मतदान गर्दै भनेः ‘निर्वाचन लोकतन्त्र संस्थागत गर्न हो’

तनहुँ- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नु भएको छ । तनहुँको क्षेत्र नम्बर १ प्रतिनिधिसभा उम्मेद्वारसमेत रहनुभएका पौडेलले तनहुँको दमौलीस्थित सत्यवती केन्द्रबाट मतदान गर्नु भएको हो ।

उहाँले सत्यवती केन्द्रबाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन । पौडेलले मतदानपछि ञ्चारकर्मीसँग कुराकानी गर्दै लोकतन्त्र संस्थागत गर्न शान्ति, स्थिरता र समृद्दिका लागि यो निर्वाचन एेइतिहासिक भएको बताउनुभयो ।