समुद्रि छालको अनुभव भक्तपुरमै

seeभक्तपुर- गर्मीयामको सुरुवातसँगै भक्तपुरको पलासेमा काठमाडौँ फनभ्याली पुनः सञ्चालनमा आएको छ ।

गर्मी मौसममा रमाउने ठाउँको रुपमा बालबालिकादेखि, युवायुवती एवम् पारिवारिक जमघट र रमाइलो गर्ने स्थलका रुपमा परिचित यो स्थल शुक्रबारदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ फनभ्यालीका महाप्रबन्धक दिनेश गिरीले बताउनुभयो ।

समुद्रि छालको अनुभव दिने वाटर र एम्युजमेन्ट पार्कमा रमाउन सक्ने, स्विमिङ सँगसँगै विभिन्न रोमाञ्चक खेल पनि खेल्न सकिन्छ । नेपालकै एकमात्र वाटर र एम्युजमेन्ट पार्कको रुपमा रहेको यो स्थलमा काठमाडौँ फनभ्यालीले अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा पनि प्रदान गर्दैआएको महाप्रबन्धक गिरीको दाबी छ ।