न्यूयोर्क। बेलायती प्रधानमन्त्री थेरेसा मे र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्र संघ महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्रीद्वय ओली तथा मे बीच भेट भएकाे हाे । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताए । उनले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिए ।






