बेलायतमै छायांकन भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ शनिबार ह्यारोको सफारी सिनेमा हलमामा हेर्न पाइने भएको हो।
चलचित्र रोमान्टिक लभस्टोरीमा निर्माण भएको र कलाकारहरुमा जसमा धिरज मगर, साम्राज्ञी राज्य लक्ष्मी शाह, सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
निर्देशक एवम कोरियोग्राफर रेनशा बान्तवा राई रहेको चलचित्रको ७० प्रतिशत सुटिङ बेलायतमै गरिएको छ भने साम्राज्ञी र धिरजलाई इन्टु र मिन्टुको रुपमा चित्रण गरिएको छ ।
अभिमन्यू दीक्षित र रेनशा स्वयंले पटकथा तयार पारेको चलचित्रमा संस्कृति र प्रेमबीचको मानसिक द्वन्द्वलाई पस्कने प्रयास गरिएको छ ।
लण्डन ह्यारोको सफारी सिनेमामा इन्टु मिन्टु लण्डनमा प्रिमियर शो मा चलचित्रकी निर्देशक रेनाशा वान्तवा राई र नायक धिरज मगर समेतको सहभागिता रहने आयोजक फरक इभेन्टले जनाएको छ ।
२२ डिसेम्बर सनिबार सांझ ५ बजेदेखि सुरु हुने चलचित्र हेर्नलाई १५ पाउण्डको टिकट लाग्ने बताइएको छ ।






