हेइटीमा तेल ट्यांकर बिस्फोटमा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

काठमाडौं । हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो। प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गरेका छन् ।

त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मद्दत गर्न आपतकालीन कोषहरु खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गरेका छन् । विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन् । घटनास्थलमा भीड जम्मा भएका , केही मृतकहरू शरीरको झोलामा सडकमा छोडिएका बताइएको छ ।

‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भनेका छन् । सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेको छ ।

कैयौ मानिसहरुलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्दै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको छ । दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घाइतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए ।

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ । हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ ।

बिस्फोटपछि पनि दर्जनौंको शब घटनास्थलमा छरिएको थियो । बिस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । बिस्फोटपछि आगो ट्यांकरमा लागेको थियो ।